नदीले बगाएर बेपत्ता दुई फेला परेनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीले बगाएर बेपत्ता दुई फेला परेनन्

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७९, बुधबार

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् । साउन २७ गते शुक्रबार र ३१ गते मङ्गलबार कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    गत शुक्रबार बेपत्ता भएका दोलखाको वैतेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का र हिजो मङ्गलबार बेपत्ता भएका रसियन नागरिक २९ वर्षीय पिटर रुजिन फेला नपरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। दुवै जनाको खोजी कार्य जारी रहेको उनले बताए ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।