यात्रुवाहक बसबाट लागुऔषध सहित एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    यात्रुवाहक बसबाट लागुऔषध सहित एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७९, बिहीबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित राजमार्गमा यात्रुवाहक बसबाट लागुऔषध सहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–४ बस्ने २० वर्षीय राजेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    चितवनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख २९५५ नम्बरको माइक्रोबसमा सवार गुरुङलाई अवैध लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    अस्थायी प्रहरी पोष्ट पुलजीपबाट खटिएको प्रहरी टोलीले शङ्का लागी माइक्रो बस रोकेर चेकजाँच गर्दा गुरुङको साथमा रहेको झोलाबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार डाईजोपाम १५ एम्पुल, फेनरागन ६ एम्पुल, नुर्फिन ७ एम्पुल गरी जम्मा २८ एम्पुल र नाईट्रोभेटको चक्की ९० ट्याप्लेट बरामद गरिएको छ ।