दमाैली । नेपाल महिला संघ तनहुँले जिल्लाका सबै पालिकामा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । संघकी सभापति पवित्रा पौडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले पार्टी संगठन र महिलाहरुको उर्जाका लागि विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सभापति पौडेलका अनुसार भदौ १० गतेभित्र दशवटै पालिकामा कार्यक्रम सम्पन्न गरिनेछ । सबै पालिकामा बैठक बसी कार्यक्रम तय गर्ने निर्णय भएको बताइएको छ।