शुक्लागण्डकीमा करेन्ट लागेर बाबुछाेराकाे मृत्यु, आमा घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा करेन्ट लागेर बाबुछाेराकाे मृत्यु, आमा घाइते

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७९, बिहीबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र ९ महिनाका आदि ब्याम्बो रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छन् । मृत्यु हुने बाबु छोरा हुन् भने घाइते हुने मृतकको श्रीमती रहेको प्रहरी नायब उपरिक्षक खड्काले बताए ।

    करेन्ट लागेर तीन जना नै घाइते भएकामा चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा राति ७ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।