तनहुँ–२ बाट पाैडेल, वाग्ले र आले सिफारिस, प्रदेशमा काे काे ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–२ बाट पाैडेल, वाग्ले र आले सिफारिस, प्रदेशमा काे काे ?

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७९, शुक्रबार

    दमाैली । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिले बिहीबार सहमतिमा उम्मेदवारको नाम टुङ्गो लगाई जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।

    नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र र विधानले दिएको अधिकारमा रहेर बसेको क्षेत्रीय कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ एक पुरुष तथा एक महिलाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चूडामणि खनालले जानकारी दिए।

    प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, धु्रव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन् ।

    समानुपातिकतर्फ पुरुषतर्फ क्षेत्रीय सचिव सन्तोष घिमिरे र महिलातर्फ नेपाल महिला सङ्घ जिल्ला उपसभापति चन्द्रकला भट्टराई सिफारिस भएका छन् । सम्भावित उम्मेदवारको नामावली सर्वसम्मत र पार्टीको वर्तमान मर्यादाक्रमअनुसार पठाइएको तथा पार्टीले यी नामभित्रबाट गर्ने निर्णयमा क्षेत्रीय समिति सहमत रहने निर्णय भएको खनालले बताए।

    यसैगरी तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) प्रदेश समितिले पनि उम्मेदवार सिफारिस गरेको छ । प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा आवेदन दर्ता गराएका उम्मेदवार सिफारिस गरी पठाइएको हो । प्रत्यक्षतर्फ प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस भएका छन्।

    समानुपातिकतर्फ खुलामा डिल्लीराम अधिकारी, रामबहादुर अधिकारी, सूर्यभक्त भण्डारी, श्यामबहादुर केसी, विष्णुहरि पाठक, जनजातितर्फ भक्तबहादुर श्रेष्ठ, भीमबहादुर थापा, जितराज राना, गोपीबहादुर गुरुङ, निरबहादुर पुन, श्यामकृष्ण मल्ल, हीराबहादुर थापा र चन्द्रबहादुर गुरुङ तथा महिलातर्फ लक्ष्मी सिग्देल, पवित्रा घिमिरे, विष्णु मल्ल, रसामाया गुरुङ, तारादेवी लम्साल अधिकारी र राधादेवी पौडेल सिफारिस भएका छन् भने दलिततर्फ रामकृष्ण विक र विनबहादुर परियार, अल्पसङ्ख्यकतर्फ रोजिना खातुन सिफारिस भएका छन् ।

    प्रदेश (ख) तर्फ प्रत्यक्षमा मिलन आले, चुडामणि खनाल, मोहन गिरी, दुर्गबहादुर राना, इन्द्रबहादुर आले, जीवन चन्द ठकुरी सिफारिस भएका छन् । समानुपातिकतर्फ झुलबहादुर आले, विन्दु मल्ल ठकुरी, इन्दिरा खनाल, गंगाराम कुमाल, निलबहादुर थापा, नोकबहादुर विक, मथुराकृष्ण श्रेष्ठ र टेकबहादुर थापा सिफारिस भएका छन् ।