दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीलाई मातृशोक परेको छ । भण्डारीका आमा दमयन्तीकुमारी भण्डारीको ९७ वर्षको उमेरमा शुक्रबार काठमाडौस्थित निवासमा निधन भएको हो ।
ग्राण्डी अस्पतालमा लामो समयको उपचारपछि भण्डारी घरमै आराम गरिरहेकी थिइन् । स्व. भण्डारीका चार छोरा र एक छोरी छन् । स्वर्गीय भण्डारीको पार्थीव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पार्टीको कामको सिलसिलामा गृहजिल्ला तनहुँमा रहेका पूर्वमन्त्री भण्डारी आजै काठमाडौ गएका थिए ।