तनहुँ–२ को प्रतिनिधिसभामा माओवादीमा काेइरालाकाे मात्रै आवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–२ को प्रतिनिधिसभामा माओवादीमा काेइरालाकाे मात्रै आवेदन

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७९, शुक्रबार

    दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले एकल आवेदन दर्ता गराएकी छन्। उम्मेदवार सिफारिसका लागि नेकपा (माओवादी) केन्द्र क्षेत्रीय कमिटीको शुक्रबार बसेको बैठकमा प्रतिनिधि सभा सदस्यका लागि कोइरालाले मात्रै आवेदन दर्ता गराएकी हुन् ।

    सङ्घीय सरकारको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भइसकेकी कोइराला हाल गण्डकी प्रदेशसभा सदस्य छिन्। २०७४ को निर्वाचनमा कोइराला तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) बाट निर्वाचित भएकी थिइन् ।

    यस्तै प्रदेश (क) तर्फ प्रत्यक्षमा ओमराज आले, राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने, मुक्ति सिग्देल, मदन पौडेल, सोमबहादुर थापा र विकास श्रेष्ठले आवेदन दर्ता गराएका छन् । प्रदेश (ख) तर्फ प्रत्यक्षमा देविका बुर्जाको मात्रै आवेदन दर्ता भएको छ ।

    समानुपातिकतर्फ प्रतिनिधिसभामा शम्भुबहादुर अधिकारी, प्रदेशसभातर्फ दिलबहादुर नेपाली, सर्वदा खनाल, रामबहादुर थापा, इन्द्रबहादुर अधिकारी, वीरबहादुर थापा, इश्वर बस्याल, जाैमाया बराल सुनारकाे आवेदन दर्ता भएको छ ।

    क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको बैठक भने बस्न बाँकी छ । दुवै क्षेत्रबाट उम्मेदवारको नामावली आएपछि जिल्ला कमिटीले छलफल गरी उम्मेदवार सिफारिस गर्ने जिल्ला संयोजक मदन आलेले जानकारी दिए ।