माओवादीबाट तनहुँमा ढकाल, चुमान र काेइराला सिफारिस, प्रदेशमा काे काे ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादीबाट तनहुँमा ढकाल, चुमान र काेइराला सिफारिस, प्रदेशमा काे काे ?

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७९, शनिबार

    दमाैली । नेकपा (माओवादी) केन्द्र तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा (माओवादी) केन्द्र जिल्ला समन्वय कमिटीको शनिबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार सिफारिस गरेको हो ।

    तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल र केन्द्रीय सदस्य हरिबहादुर चुमान सिफारिस भएका छन् । क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य आशा कोइराला सिफारिस भएकी छन् ।

    समानुपातिकतर्फ शम्भुबहादुर अधिकारी, अरुण खनाल, ओमकुमारी पौडेल, रामबहादुर थापा, जुम्मादिन मियाँ सिफारिस भएका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ (क) तर्फ दिपक पन्त, शङ्कर जोशी र (ख) तर्फ हेमराज लामिछाने, सूर्यबहादुर गौली, भिम राना सिफारिस भएका छन् ।

    तनहुँ क्षेत्र नम्बर २ (क) तर्फ राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले, विकास श्रेष्ठ र मदन पौडेल सिफारिस हुनुभएको छ । (ख) तर्फ देवीकुमारी बुर्जा मगर सिफारिस भएका छन् ।

    प्रदेश समानुपातिकतर्फ इन्द्रबहादुर अधिकारी, गीता शाही, बसन्त दरै, जौमाया बराल सुनार, दिलबहादुर नेपाली सिफारिस भएका छन् ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।