दमाैली । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) का लागि नेकपा एमालेमा आठ जना आकांक्षी देखिएका छन् । शनिबार आयोजित बैठकमा प्रदेशसभा सदस्यका लागि आठ जनाले इच्छा जाहेर गरेका हुन् ।
प्रदेशसभाका लागि विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, मेखबहादुर थापा, दिलबहादुर थापा, नारायण खनाल, रनबहादुर राना, इन्द्र थापा र डिना गोतामेले आवेदन दर्ता गरेका छन् ।