डा. न्यौपानेले भने : स्वतन्त्र पार्टीको प्रस्तावमा सहमति जनाउन सकिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डा. न्यौपानेले भने : स्वतन्त्र पार्टीको प्रस्तावमा सहमति जनाउन सकिन

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७९, मंगलवार

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारका लागि सिफारिस भएका नेपाली काङ्ग्रेसका नेता डा. शेषरमण न्यौपानेले उक्त प्रस्तावमा सहमति जनाउन नसकेको बताएका छन् । आफू २०४८ सालदेखि नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य रहेको र त्यसमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    मङ्गलबार विज्ञप्ती प्रकाशित गरी न्यौपानेले उम्मेदवारमा सिफारिस भएको समाचार र टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “सो प्रस्तावलाई उच्चतम् मूल्यांकन गर्दै नेपाली कांग्रेसका वबरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै देशको नेतृत्व गर्न पाउने अवसर आफ्नो आखा अगाडी राखेर, मनलाई विचलित हुन दिन हुन्न भन्ने अन्तरआत्माको भावनाका कारण समाचारमा आए अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको सो प्रस्तावमा सहमती जनाउन नसकेको व्यहोरा सादरपूर्वक अनुरोध गरेको छु ।”

    अवसर र जिम्मेवारी नपाएर वा नपाउने संकेत देखेर विचलित भएका नेपाली कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विचलित नभै एकाकार हुन उनले आह्वान गरेका छन् ।