घिरिङमा बजार अनुगमन, म्याद गुज्रिएका सामान जफत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा बजार अनुगमन, म्याद गुज्रिएका सामान जफत

    अन्जान परियार

    १२ आश्विन २०७९, बुधबार

    घिरिङ । घिरिङ गाउँपालिकाले दशै तिहार जस्ता चार्डपर्बको अबसरमा बजार अनुगमन गरि म्याद गुज्रेका खाद्यान्न सामान जफत गरेको छ। गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोख्रेल लगायतको सहभागितमा बजार अनुगमन गरिएको हो ।

    चार्डपर्वको अबसरमा व्यापारीले ग्राहकलाई विक्री मूल्यमा लापरवाही गर्ने, म्याद गुज्रेका सामान बेच्ने र पसल दर्ता नगरी चलाउने व्यापारीलाई सचेत गराउने उद्धेश्यले मंगलबार वडा नं ३ मानपुर बजारबाट अनुगमनको सुरुवात गरिएको हो ।

    घिरिङको मुख्य व्यापारिक केन्द्र मानिने मानपुर बजारमा १५ पसलमा अनुगमन गरिएको थियो। अनुगमनमा अधिकांश पसल नियम अनुसार चलेको पाइएको छ भने केही पसलहरु दर्ता नगरी चलेका छन।

    यस्तै ३ वटा किराना पसल र एउटा भेटेनरी पसल बाट सुजि, ग्लुकोज पाउडर, फ्रुटी जुस, डाल्डा घ्यु, भाइटिका मसला, भाँडा माझ्ने केमिकल र भेटेनरीका औषधि जस्ता सामानहरु म्याद गुज्रिएको पाइएको थियो। उक्त म्याद गुज्रेका सामानहरु गाउँपालिकाले प्रहरीको रोहवरमा मुचुल्का गरि नष्ट गरेको प्रमुख प्रशासकिय अधिकृत पोख्रेलले जानकारी दिए ।

    मानपुरबाट सुरु गरिएको अनुगमन टिम जतिबेला पनि जुनसुकै बजारमा पनि आउन सक्ने भएकोले ग्राहकको ढाड सेक्ने गरि सामान विक्री गरेको पाइएमा र म्याद गुज्रेको सामान बेचेको पाइएमा गाउँपालिकालाई खबर गर्न पोख्रेलले आग्रह गरे ।