बालेन शाहद्वारा काठमाडौँमा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बालेन शाहद्वारा काठमाडौँमा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७९, बिहीबार

    काठमाडाै । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद — २०७९ को ट्रफी सार्वजनिक गरेका छन् ।  ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गरेका हुन् । 

    सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो । यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ ।