रवि लामिछानेलाई डेंगु, तनहुँको कार्यक्रम स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रवि लामिछानेलाई डेंगु, तनहुँको कार्यक्रम स्थगित

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७९, बिहीबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई डेंगु संक्रमण पुष्टि भएको छ । लामिछानेले सामाजिक सञ्जाल मार्फत् आफूलाई डेंगु संक्रमण भएको जानकारी दिएका छन्।

    उनले भनेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो। आज परीक्षण गराउदा डेंगु देखियो। मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’

    लामिछानेलाई डेंगु पुष्टि भएपछि बिहीबार दमौलीमा हुने भनिएको सभा स्थगित भएको छ। डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर,तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसक्ने उनले जनाएका छन् ।