रोटर्याक्ट कप : लियो क्लव म्याग्दे र जेसीआई व्यास नगर फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रोटर्याक्ट कप : लियो क्लव म्याग्दे र जेसीआई व्यास नगर फाइनलमा

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७९, बिहीबार

    दमौली । रोटर्याक्ट क्लव अफ दमौलीको आयोजनामा जारी रोटर्याक्ट क्लव नाइन ए साइडको फाइनलमा लियो क्लव अफ म्याग्दे र जेसीआई व्यास नगर भिड्ने भएका छन् ।

    बिहीबार भएको सेमिफाइनल खेलबाट लियो क्लव म्याग्दे र जेसीआई व्यास नगर फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल शुक्रबार बिहान हुनेछ ।

    क्लवका अध्यक्ष विशाल श्रेष्ठका अनुसार प्रतियोगितामा ११ टिमको सहभागिता थियो । प्रतियोगितामा विजेतालाई बोका र उपविजेतालाई टर्की पुरस्कार प्रदान गरिनेछ ।