पूर्व विद्यार्थी समाज माहेन्द्रीमा पुन उद्धव कट्टेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पूर्व विद्यार्थी समाज माहेन्द्रीमा पुन उद्धव कट्टेल

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७९, सोमबार

    दमौली । व्यास–९ झिनुवाटार स्थित माहेन्द्री माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुन : उद्धव कट्टेल चयन भएका छन् ।
    विद्यालयलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्ने उद्देश्यले २०५९ सालमा गठित माहेन्द्री पूर्व विद्यार्थी समाजको आइतबार सम्पन्न भेलाले कट्टेललाई पुन : एक पटक समितिको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो ।

    नव गठित समितिको उपाध्यक्षमा भक्तबहादुर गोदार, सचिवमा विजय आचार्य, कोषाध्यक्षमा बसुन्धरा घर्ती र सहसचिवमा राजनजंग अधिकारीलाई चयन गरेको छ ।

    समितिको सदस्यहरुमा नरबहादुर गुरुङ, गंगाबहादुर जिसी, दौलत अधिकारी, रोशन रेग्मी, सुनिता आचार्य, सुर्य कार्की, देवेन्द्र कार्की र कृति बानियाँ रहेका छन् ।

    भेलाले समितिको संरक्षकमा व्यास नगरपालिका वडा नं ९का वडाध्यक्ष सुरेश थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेल, विद्यालयका प्राचार्य शिवचन्द्र आचार्यलाई चयन गरिएको छ ।
    सोमबार बसेको समितिको पहिलो बैठकले समितिको कानुनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता बालचन्द्र आचार्यलाई मनोनित गरेको छ ।

    त्यस्तै ७ वटा विभिन्न उपसमितिहरु गठन गरी तीनका संयोजक र सदस्य समेत मनोनित गरेको छ । जसमा अर्थ समिति संयोजकमा भक्तबहादुर गोदार र सदस्यहरुमा बसुन्धरा घर्ती , गंगा बहादुर जिसी रहेका छन् ।
    शैक्षिक गुणस्तर परामर्श समितिका संयोजक महेन्द्र न्यौपाने तथा सदस्यहरुमा विजय आचार्य र अजित आचार्यलाई मनोनित गरिएको छ ।

    विदेश समन्वय समिति संयोजकमा रोशन रेग्मी र सदस्यहरुमा दौलत अधिकारी र कपिल आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ ।
    प्रचारप्रसार उपसमितिको संयोजकमा सुनिता आचार्य तथा सदस्यहरुमा देवेन्द्र कार्की र राजनजंग अधिकारी मनोनित भएका छन् ।

    त्यस्तैगरी स्थानीय समन्वय समितिको संयोजकमा नरबहादुर गुरुङ तथा सदस्यहरुमा सुरेन्द्र खनाल र राजनजंग अधिकारीलाई मनोनित गरिएको छ ।

    अतिरिक्त क्रियाकलाप संयोजकमा विजय आचार्य र सदस्यहरुमा कृति बानिया, राजनजंग अधिकारी रहेका छन् भने तथ्यांक अध्यावधिक समितिको संयोजकममा सुरेन्द्र खनाललाई मनोनित गरिएको छ ।
    नव गठित समितिका अध्यक्ष कट्टेलले विद्यालयको शैक्षिक बिकास र प्रगतिका लागि सबै उपसमितिसँग समन्वय गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    माहेन्द्री माविको शैक्षिक, भौतिक र प्रशासनिक बिकासका लागि विद्यालयबाट पढेर विभिन्न क्षेत्रमा क्रियाशिल रहेका पूर्व विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहने भएकाले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह समेत गरे ।

    पूर्व विद्यार्थी समाजले विगतमा विविध कारणवश अपेक्षित रुपमा काम गर्न नसेकको स्वीकार्दै उनले अब देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरुको सल्लाह, सुझाव र प्रतिक्रिया बमोजिम अघि बढ्ने बताए ।