माओवादी तनहुँका १३ जनाद्वारा सामूहिक राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादी तनहुँका १३ जनाद्वारा सामूहिक राजिनामा

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७९, मंगलवार

    दमौली । नेकपा माओवादी तनहुँका १३ जनाले सामूहिक राजिनामा दिएका छन् । माओवादी केन्द्र तनहुँका सदस्य सहित शुक्लागण्डकी नगर कमिटीका विभिन्न तहमा रहेका १३ जनाले सामूहिक राजिनामा दिएका हुन् ।

    राजिनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्य एवं अखिल नेपाल खेलकुद महासंघका इन्जार्ज भद्रबहादुर खत्री थापा (विष्णु), म्याग्दे गाउँ कमिटीका उपाध्यक्ष इन्द्रमान श्रेष्ठ, शुक्लागण्डकी नगर कमिटी सचिव जीवन पोख्रेल, शुक्लागण्डकी-१० का इन्चार्ज यामबहादुर खाड, शुक्लागण्डकी-१० का उपाध्यक्ष नरबहादुर खत्री, शुक्लागण्डकी-९ का सचिव अर्जुन लामिछाने, शुक्लागण्डकी नगर कमिटी सदस्य ज्ञानु महत, तारा सुनार, माया गुरुङ, पूर्व नगर कमिटी सदस्य गोपी तिवारी, नगर कमिटी सदस्य कविराज गुरुङ, होमबहादुर भट्ट रहेका छन् ।

    पार्टी विधि, विधान, नीति र सिद्धान्त बमोजिम नचलेकाले आफूहरुले पार्टी परित्याग गरेको सचिवालय सदस्य थापाले बताए ।

    सर्वहारा वर्गीय संघर्षको मर्म विपरित पार्टी संचालन भएको, राष्ट्रिय स्वाधिनताको विषयमा पार्टी मुखदर्शक बनेको उनको आरोप छ ।