दमौली । नाबालिग जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका नायक पल शाह विरुद्ध बुधबार सुनुवाई हुने भएको छ । यसअघि असोज २ गतेका लागि तोकिएको पेशी स्थगित भएपछि आजका लागि सुनुवाई हुने भएको हो ।
आजका लागि पेशी तोकिएपनि उनी विरुद्ध सुनुवाई हुने सम्भावना कम छ । तनहुँ अदालतमा अहिले एकमात्र न्यायाधीश रहेको र उनी पनि निर्वाचनमा खटिएकाले शाह विरुद्धको सुनुवाई हुने सम्भावना न्यून रहेको बताइएको छ ।