दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी, प्रदेशसभातर्फ १ मा नेकपा माओवादीका राजेन्द्रकेशरी न्यौपाने र २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले उम्मेदवार बने । बाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लै प्रतिस्पर्धामा होमियो ।
तनहुँ २ को प्रत्यक्षतर्फको मतगणना सकिँदा बाम लोकतान्त्रिक गठबन्धन नेकपा माओवादीलाई फापेन । काङ्ग्रेसका उम्मेदवारले जित्दा माओवादीका उम्मेदवार पराजित हुन पुगे । प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेसका भण्डारी र प्रदेश २ मा जीतप्रकाश आलेले जित निकाल्दा प्रदेश १ मा माओवादीका राजेन्द्रकेशरी न्यौपाने पराजित भए ।
भण्डारीले माओवादीको सबै भोट पाउँदा न्यौपानेले भने काङ्ग्रेसको मत पाएको देखिएन । काङ्ग्रेसको भोट एमालेका श्यामराजाले खोस्न सफल भए ।
प्रतिनिधिसभा सदस्यमा भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरी विजयी भए ।
प्रदेश १ मा एमालेका श्यामराजा महतले १५ हजार छ सय ६५ मत प्राप्त गरी विजय हासिल गरे ।
प्रदेश २ मा जीतप्रकाश आले १३ हजार आठ सय ६० मत प्राप्त गरी विजयी भए ।
२०७४ काे निर्वाचनमा एमालेसँगकाे गठबन्धनबाट प्रदेश १ जितेकाे माओवादीले अहिले याे प्रदेश गुमाएकाे छ ।