घिरिङको विकासका लागि मुख्यमन्त्री अधिकारीको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङको विकासका लागि मुख्यमन्त्री अधिकारीको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७९, मंगलवार

    दमौली । तनहुँको घिरिङ गाउँपालिकाको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग भेट गरी विकास निर्माणका बारेमा ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाको नेतृत्वमा गएको टोलीले मंगलबार मुख्यमन्त्री अधिकारीलाई भेटी घिरिङको विकासका लागि ध्यानाकर्षण गराएको हो ।

    भेटका क्रममा थापाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, मोटरबाटो लगायतका क्षेत्रमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।

    सो क्रममा मुख्यमन्त्री अधिकारीले स्थानीय तहलाई बलियो बनाउने सवालमा आफू प्रष्ट रहेको उल्लेख गरे ।