फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तनहुँका महत पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तनहुँका महत पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७९, बुधबार

    काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी १९ लाख रुपैयाँ ठगी गरेको  आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङगल बस्‍ने ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सतुङ्गलबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    उनीमाथि राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्‍यक्ति १० लाख रुपैयाँ भन्‍दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।