मुख्यमन्त्री अधिकारी भन्छन् – कुरा होइन, काम गरेर देखाउँछौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुख्यमन्त्री अधिकारी भन्छन् – कुरा होइन, काम गरेर देखाउँछौ

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७९, बुधबार

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुरा भन्दा काम गरेर देखाउने बताएका छन् । नेकपा (एमाले) व्यास नगर कमिटीले बुधबार दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हावी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने उल्लेख गरे ।

    विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, “अहिलेको सरकारले कामबाटै जनताको विश्वासलाई पूरा गरेर देखाउनेछ ।” मुख्यमन्त्री अधिकारीले जनताले कुरा गर्ने नेतालाई पत्याउन छाडेको बताए ।

    गण्डकी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने भन्दै मुख्यमन्त्री अधिकारीले सानो आकारको मन्त्रिमण्डल बनाइने प्रष्ट पारे । “ठूलो आकारको सरकार बनाउने पक्षमा हामी छैनौ, सानो र चुस्त आकारको मन्त्रिमण्डल बनाउँछौ,” उनले भने ।

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य रहनुभएका अधिकारीले चौतर्फी घेराबन्दी हुँदा पनि पार्टीले सफलता हासिल गरेको बताए । विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताउँदै मुख्यमन्त्री अधिकारीले भने, “पार्टीलाई एकताबद्ध भएर अगाडी बढाऔ, एमाले लोकप्रिय पार्टी हो ।”