पलले सफाई पाउँदा सुनिल गिरीद्वारा खुशी व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पलले सफाई पाउँदा सुनिल गिरीद्वारा खुशी व्यक्त

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७९, बुधबार

    दमौली । नाबालिक जबरजस्ती करणी अभियोगमा नायक पल शाहले तनहुँ अदालतबाट सफाई पाउँदा गायक सुनिल गिरीले खु़शी व्यक्त गरेका छन् । तनहुँ अदालतले नायक शाहलाई मंगलबार सफाई दिने फैसला सुनाएको थियो ।

    एक वर्षदेखि तनहुँ कारागारमा रहेका शाहलाई जबरजस्ती करणीको अभियोगमा सफाई दिने फैसला सुनाएसँगै गायक गिरीले भनेका छन्, ‘तिम्रो लागि खुशी छु । धन्यवाद जिल्ला अदालत तनहुँ यो न्यायका लागि ।’

    शाहले गिरीको चर्चित गीत को होला त्यो मा अभिनय गरेका छन् ।

    नायक शाह विरुद्ध सोही प्रकृतिको मुद्धामा नवलपुर अदालतले भने दुई वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । तनहुँ अदालतले सफाई दिएपनि नवलपुरको फैसला भुक्तान गर्नुपर्ने भएकाले शाह थुनामै रहनेछन् ।