ऑखाको सम्पूर्ण उपचार ऑबुखैरेनीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑखाको सम्पूर्ण उपचार ऑबुखैरेनीमा

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७९, बिहीबार

    दमौली । ऑबुखैरेनी गाउँपालिकाले ऑखाको सम्पूर्ण उपचार प्रदान गर्ने भएको छ । गाउँपालिकावासीलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्धेश्य सहित गाउँपालिकाले ऑखाको सम्पूर्ण उपचार प्रदान गर्न लागेको हो ।

    ऑबुखैरेनी अस्पतालबाट ऑखाको उपचार सेवा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    त्यसका लागि गाउँपालिकाले नेपाल नेत्रज्योति संघ, भरतपुर ऑखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरेको छ । ऑबुखैरेनीका लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाले संयुक्त रुपमा ऑबुखैरेनी अस्पतालमा नै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति भएको छ ।

    यसले गर्दा ऑबुखैरेनीका जनतालाई ऑखाको उपचारका लागि अन्यत्र जानपर्ने बाध्यता अन्त्य हुने चुमानले जानकारी दिए ।