लोमान्थाङका महिलाहरुलाई उद्घोषण तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लोमान्थाङका महिलाहरुलाई उद्घोषण तालिम

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०७९, सोमबार

    पोखरा । लोमान्थाङ गाउँपालिका मुस्ताङद्घारा आयोजित १ हप्ते उद्घोषण तालिमको आइतवार समापन गरीएको छ । लोमान्थाङका महिलाहरु तथा महिला जनप्रतिनिधीहरुलाई उद्घोषण शिक्षा दिन र नेतृत्व विकासका लागि तालिमको आयोजना गरीएको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिईन ।

    समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान अनुरोध गरे साथै उनले लोमान्थाङका महिलाहरुको लागि यो तालिम निकै प्रभावकारी भएको बताए ।

    विशेष अतिथी लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्घिराम उपाध्यायले महिलाहरुको शसक्तिकरणका लागि यो तालिम निकै उपयोगी भएकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

    लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा भएको तालिममा प्रशिक्षार्थीहरुले पनि आफ्ना अनुभव र सिकाई बारे मन्तव्य राखेका थिए ।

    सञ्चारकर्मीहरु गोविन्द थापा सिञ्जाली र सुस्मा पौडेलले सहजीकरण गरेको तालिमको समापन समारोह लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    यसैबीच एक समारोहका बीच लोमान्थाङ गाउँपालिकाले दिव्यदिप मा. वि लोमान्थाङबाट एस.ई.ई परीक्षा उत्तीण गरी उच्च शिक्षा अध्ययरत १६ जना विद्याथीहरुलाई रु. ५० हजारका दरले छात्रवृति समेत प्रदान गरिएको छ ।