काठमाडौंमा बर्डफ्लू : तीनवटा फार्मका कुखुरा र अन्डा नष्ट गरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौंमा बर्डफ्लू : तीनवटा फार्मका कुखुरा र अन्डा नष्ट गरियो

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७९, मंगलवार

    काठमाडौं । काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टि भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।

    पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थाले पछि परीक्षामा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो ।

    ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो  ।

    पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको छ ।

    जसअनुसार लितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ ।

    उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।