दमौली । व्यास-३ स्थित सफासडकका व्यवसायीले नगरपालिकाले निर्माण गर्न लागेको बहुउद्धेश्यीय भवन बारे पुनर्विचार गर्न माग गरेका छन् । उक्त भवन नगरको हितमा नरहेको भन्दै उनीहरुले उक्त कार्यमा पुनर्विचार गर्न माग गरेका हुन् ।
बहुसंख्यक नगरबासीहरुको हितमा हुने योजना अगाडि ल्याउँदा राम्रो हुने भन्दै उनीहरुले नगरस्तरीय छलफलबाट पारित गर्नुपर्ने धारणा राखेका छन् ।