ऑबुखैरेनीमा लागुऔषध सहित म्याग्दीका रवीन पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा लागुऔषध सहित म्याग्दीका रवीन पक्राउ

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७९, मंगलवार

    दमौली । ऑबुखैरेनी गाउँपालिका-४ वेनीटारमा लागुऔषध सहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेत बस्ने २२ वर्षीय रविन किसन रहेको प्रहरीले जनाएको छ ।

    भैरहवाबाट बाग्लुङ तर्फ जॉदै गरेको ना ५ ख. ४९६७ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार किसनलाई लागुऔषध सहित पक्राउ गरिएको इप्रका ऑबुखैरेनीले जानकारी दिएको छ ।

    निजको साथबाट प्रहरीले डाइजेपाम, फेनरागन, नुफिन लगायत दुई सय ६ थान लागुऔषध बरामद गरेको छ । निजविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।