नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी न्यायाधीश बनेका उपाध्याय दोषी ठहर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी न्यायाधीश बनेका उपाध्याय दोषी ठहर

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७९, बिहीबार

    काठमाडौ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी न्यायाधीश बनेका ओमकार उपाध्याय दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले बिहीबार दोषी ठहर गर्दै ३ हजार रुपैयाँ जरिवाना गरेको छ ।

    उपाध्यायविरुद्ध १९ जेठ २०७६ मा न्याय परिषद्ले मुद्दा दायर गरेको थियो । सो मुद्दामा बिहीबार विशेषका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उपाध्यायलाई दोषी ठहर गरेको हो । तनहुँ जिल्ला अदालतमा कार्यरत रहँदा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए ।  

    भारतको कानपुर विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको विशेषले ठहर गरेको छ ।