दमौली । नेकपा एमाले निकट अनेरास्ववियुको महाधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनोट गरिएको छ । फागुन २-४ गतेसम्म काठमाडौमा हुने २३ औ राष्ट्रिय महाधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनोट गरिएको हो ।
जिल्ला कमिटीको तर्फबाट महेन्द्र श्रेष्ठ, मनोज बॉनिया, विष्णुमाया श्रेष्ठ प्रतिनिधि चयन भएका छन् ।
त्यस्तै स्थानीय पालिका कमिटीको तर्फबाट विवेक वाग्ले, मावि कमिटीको तर्फबाट रन्जन सुनार चयन भएका छन् ।
स्ववियु हुने क्याम्पसका तर्फबाट आकाश गिरी, सुसन पौडेल, रोशन कंडेल, सुरेश पौडेल, विशाल ढकाल, सागरजंग पन्थ र सुमन श्रेष्ठ चयन भएका छन्।