केपी ओली कपकाे उपाधि मच्छिन्द्रलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    केपी ओली कपकाे उपाधि मच्छिन्द्रलाई

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७९, बुधबार

    काठमाडाै । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द फुटबल क्लबले जितेको छ । दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा सातदोवाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो ।

    फाइनल खेलमा दुवै टोलीले दशरथ रंगशालाको प्यारापिटमा भरिभराउ दर्शकको साथ पाएका थिए । खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिए । त्यसपछि टाइब्रेकरमा मच्छिन्द्रले बाजी मारेको हो ।

    मंगलबार दिउँसो मात्र भद्रपुर झापा गोल्डकपको फाइनलमा आर्मीसँग पराजित भएर राता रात काठमाडौं आईपुगेको मच्छिन्द्र टाइब्रेकरमा भाग्यमानी बनेको हो । निर्धारित समयमा मच्छिन्द्रले सुरुवाती अग्रता लिएको थियो । पाँचौं मिनेटमा विदेशी खेलाडी ओलावाले आफिजले हेड गोल गर्दै मच्छिन्द्रको उत्साह जगाएका थिए ।

    तर, १८औं मिनेटमा सातदोवाटोका विदेशी खेलाडी जोर्डन ओवानाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा मच्छिन्द्रका रन्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे । सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एकराज बुढाथोकीले गोल गरे।

    अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल पारेका थिए । उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता सातदोवाटोले पाँच लाख रुपियाँ प्राप्त गरेको छ ।

    राष्ट्रिय युवा संघ नेपालले पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली एफसी र ‘ए’ डिभिजनका सातगरी आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ(एन्फा) ले प्राविधिक सहयोग गरेको थियो । 

    प्रतियोगिताका विजेता टोली र खेलाडीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, एन्फ अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले पुरस्कार प्रदान गरे ।