काठमाडौ । कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सभाले प्रदेश नम्बर १ को नामाकरण गरेपछि त्यसको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
बुधबारको प्रदेश सभाले प्रदेश १ को नाम कोशी राख्ने बहुमतले निर्णय गरेको थियो । कोशी प्रदेशमा ८२ सांसदले समर्थन जनाएका छन् ।