मिसन ग्रासरुट अभियानबारे जानकारी गराउँदै एमालेले भन्यो – तल्लो तहसम्म पुगेर संगठन सुदृढीकरण गर्छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिसन ग्रासरुट अभियानबारे जानकारी गराउँदै एमालेले भन्यो – तल्लो तहसम्म पुगेर संगठन सुदृढीकरण गर्छौ

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७९, बिहीबार

    दमौली । नेकपा एमाले तनहुँले मिसन ग्राटरुट अभियानमा संगठन सुदृढीकरण र पार्टी निर्माणलाई प्राथमिकता दिने भएको छ । एमाले तनहुँ प्रचार विभागले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी अभियानबारे जानकारी गराएको छ ।

    पार्टीका उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदीपराज अधिकारीले पार्टी विस्तार र सुदृढीकरणलाई मुख्य प्राथमिकता राखी अभियान सञ्चालन गरिएको जानकारी दिए ।

    वैशाख १० गते समापन हुने अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, पार्टी निर्माण, वैचारिक प्रशिक्षण लगायतका काम हुने अधिकारीले बताए । ‘पार्टी सदस्यलाई वैचारिक रुपमा अब्बल बनाउन प्रशिक्षणलाई पनि जोड दिइएको छ,’ उनले भने ।

    दुई महिनासम्म टोल तहसम्म पुगेर अभियान सञ्चालन हुँदा जनतासँगको सम्बन्ध थप बलियो हुने विश्वास लिइएको उनको भनाई छ ।

    पार्टी उपाध्यक्ष हरिराज कंडेलले जनतासँगको सम्बन्धबाट मात्रै लक्ष्य र उद्धेश्य पूरा गर्न सकिने बताए । ‘पार्टीलाई बलियो बनाउन जनतासँग नजिक रहनुपर्छ, युवापंक्तिको पार्टीप्रति आकर्षण नरहेकाले युवालाई पार्टीमा आकर्षण गराउँदै अभियान अगाडी बढ्छ,’ उनले भने ।

    पार्टी सचिव राजेश्वर ढकालले पार्टीलाई बलियो बनाउन अभियान सिद्ध हुने बताए ।

    कार्यक्रममा प्रचार विभाग सचिव प्रकाशचन्द्र भट्टराई, प्रेमप्रसाद पौडेल लगायतले अभियानका बारेमा जानकारी गराएका थिए ।