आइसिसी विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै, सन्दीपपनि मैदानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आइसिसी विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै, सन्दीपपनि मैदानमा

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७९, बिहीबार

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजबाट नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन् ।

    विदेश जान उनी माथि लगाइएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युएई गएका लामिछानेले आज युएई विरुद्ध नेपालले खेल्ने भएका हुन् ।

    सर्वोच्च अदालतको आदेशमा ढिला हुँदा विगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन् ।

    घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

    नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुसमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।

    युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौँ स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।

    यस खेलमा विजेता टोलीले २०२४ मा  श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्त्वका साथ हेरेको छ ।