एन्फाको कम्युनिटी कोचिङ कोर्च सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एन्फाको कम्युनिटी कोचिङ कोर्च सुरु

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७९, बिहीबार

    दमाैली । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँको आयोजनामा कम्युनिटी कोचिङ कोर्ष भिमादमा सुरु भएको छ । उक्त कार्यक्रमको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले उद्घाटन गरे ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र न २ का क्षेत्रीय सभापति चुडामणि खनाल, नगर खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।

    उक्त प्रशिक्षण कार्यक्रममा फागुन २१ गतेसम्म सञ्चालन हुने एन्फाका महासचिव नविन श्रेष्ठले जानकारी दिए ।

    प्रशिक्षण कार्यक्रममा तनहुँ, गोरखा, स्याङ्जा र नवलपुर गरी ३० जना प्रशिक्षार्थीहरुको उपस्थिति छ । प्रशिक्षार्थीहरुलाई हेड अफ कोच एजुकेशन सञ्जित सिंह, प्रदेश ३ का प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षण दिने एन्फा तनहुँले जनाएको छ ।

    एन्फा कम्युनिटी डि लाइसेन्स सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखेले जानकारी दिए ।