दमौली । जिल्ला सहकारी संघ तनहुँको अध्यक्षमा प्रदीपराज अधिकारी चयन भएका छन् । संघको अधिवेशनबाट अधिकारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
अधिकारी व्यास नगरपालिका-३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।
संघको उपाध्यक्षमा सिर्जना तिवारी, सचिवमा पदमबहादुर बानियॉ, कोषाध्यक्षमा चुडामणि दाहार र सदस्यहरुमा रत्नकुमार श्रेष्ठ, माधव न्यौपाने, भानुभक्त पौडेल, भानु चापागाइँ, विष्षुकुमार श्रेष्ठ र देवलाल खनाल चयन भएका छन् ।