रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७९, शुक्रबार

    दमाैली । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ऋषिङ गाउँपालिका–६ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । इन्स्योरेन्सले विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

    विद्यालयमा अध्ययनरत दश जनालाई शैक्षिक सामग्री वितरण गरिएको इन्स्योरेन्स दमौली शाखा प्रबन्धक जगदीश काफ्लेले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग गरिएको उनले बताए ।

    यसैगरी व्यास नगरपालिका–१४ स्थित अमरज्योति निमाविको बालविकासका बालबालिकालाई १२ थान चक्ला वितरण गरिएको छ ।