बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको स‌ंगठित आक्रमणको प्रयासपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

    बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन निर्देशन भएको गृह सचिव विनोदप्रसाद सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

    १ फागुनमा विवादस्पद छविका व्यवसायी दुर्गा प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर उनले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता नै तयार भएको बताउँदै २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने र बैंकमा कार्यरत कर्मचारीलाई च्याप्प समातेर कालोमोसो दल्ने चेतावनी दिएका थिए ।