आदर्श तथा तारा स्मृति कप : पहिलो दिन इन्द्रेणी र मणि विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आदर्श तथा तारा स्मृति कप : पहिलो दिन इन्द्रेणी र मणि विजयी

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७९, शुक्रबार

    दमौली । म्याग्दे गाउँपालिका-४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा शुक्रबारदेखि एघारौ आदर्श तथा छैटौ तारा स्मृति कप सेभेन ए साइड फुटबल सुरु भएको छ ।

    पहिलो दिनको खेलमा इन्द्रेणी युवा क्लव र मणि युवा क्लव विजयी भएको छ। थर्पु युवा क्लव र इन्द्रेणी युवा क्लवबीच भएको खेलमा इन्द्रेणी १-० ले विजयी भएको हो ।

    मणि युवा क्लव र न्यु भिजन युवा क्लवबीच भएको दोस्रो खेलमा मणि २-० ले विजयी भएको क्लवले जनाएको छ ।

    फागुन २७ सम्म सञ्चालन हुने खेलमा विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्ने क्लवका अध्यक्ष मलिन मल्लले जानकारी दिए ।