सभ्य तरिकाले होली मनाउन नवलपरासी प्रहरीको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सभ्य तरिकाले होली मनाउन नवलपरासी प्रहरीको आग्रह

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७९, शनिबार

    नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले सभ्य तरिकाले होली मनाउन आग्रह गरेको छ । हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व मध्येको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन जिल्ला प्रहरी कार्यालय नवलपरासीको आग्रह छ ।

    नवलपरासीमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए।

    प्रहरीले आत्मियरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ । होली पर्वको नाममा अपराधिक क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ ।

    प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न भनेको छ ।

    रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न प्रहरीले अनुरोध गरेको छ ।

    पछिल्लो समय होलीको नाममा विकृति बढेकाले होलि सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी मनाउन आग्रह गरिएको सिलवालले बताए।