आइतबारदेखि मुग्लिन नारायणगढ खण्ड २४ सै घण्टा सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आइतबारदेखि मुग्लिन नारायणगढ खण्ड २४ सै घण्टा सुचारु

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७९, शनिबार

    चितवन । नारायणगढ-मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो ।

    भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा चौबीसै घण्टा गाडी चल्ने नारायणगढ मुग्लिन सडक, नौबीसे-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

    पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको छ । त्यसमध्ये तुइन खोलामा मुग्लिन तर्फको पहाडको भागमा कडा चट्टान परेका कारण मेसिले काम गर्न नसकेर विस्फोट गराउने निणर्य भएको छ ।

    ‘अरू ठाउँको पहाड काट्ने काम लगभग सकियो । तुइन खोलाको एकातर्फ विस्फोट नै गराउनु पर्ने भएको छ । त्यो काम प्रक्रियामा नै छ । अब भोलि आइतबारदेखि बाटो चौबीसै घण्टा चल्ने छ,’ इन्जिनियर आचार्यले भने । विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्ने उनले बताए ।

    पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुन सुरू भएको थियो । काम नसकिएपछि माघ ५ बाट मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बाटो बन्द हुने गरेको हो । कुल १५ वटा पुल बनाउन तीन वर्षअघि काम सुरू भएको थियो । जसमध्ये नौ वटा पुलको काम मात्र लगभग सकिएको छ । ५ वटा पुलको काम सुरूवात हुँदै छ भने एउटा पुलको काम सुरू नै हुन सकेको छैन ।