‘नेपालको इतिहासमा जनयुद्ध’ वक्तृत्वकलामा खरेल प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘नेपालको इतिहासमा जनयुद्ध’ वक्तृत्वकलामा खरेल प्रथम

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७९, शनिबार

    दमौली । जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँको आयोजनामा भएको ‘नेपालको इतिहासमा जनयुद्ध’ विषयक वक्तृत्वकला प्रतियोगितामा हरि खरेल प्रथम भएका छन् । शनिबार सम्पन्न भएको प्रतियोगितामा बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसका खरेल प्रथम भएका हुन् ।

    प्रतियोगितामा दमौली कलेजका अर्पिता श्रीवास्तव द्वितीय, सहिद कृष्ण क्याम्पसका सुष्मा माकिम तृतीय भएका छन् ।

    उनीहरुले क्रमश: सात हजार, पॉच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

    कार्यक्रममा शहीद प्रतिष्ठानका अध्यक्ष रामबहादुर थापा, जनयुद्ध अध्ययन प्रतिष्ठानका अध्यक्ष आशा कोइराला नेपालको इतिहासमा जनयुद्धको महत्वपूर्ण भूमिका रहने बताए ।