फेवा तालमा डुंगा पल्टिँदा घाइते भएकी वृद्धाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    फेवा तालमा डुंगा पल्टिँदा घाइते भएकी वृद्धाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७९, शनिबार

    पोखरा । शनिबार दिउँसो पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धाको मृत्यु भएको छ।

    पोखरा महानगरपालिका–१ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवण विकले बताए।

    साढे ४ बजेका समयमा हावाहुरी चल्दा डुंगाबाट खसेकी उनको उद्वार गरेर उपचारका लागि गण्डकी मेडिकल कलेज पृथ्वीचोक ल्याइएको थियो।

    डुंगामा सवार अन्य ५ जनाको सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।