जिप दुर्घटनामा दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जिप दुर्घटनामा दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, आईतवार

    काठमाडौ । ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएकोछ।

    घटनास्थलमा रहेका पत्रकार लीलाराम खड्काका अनुसार सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए।

    घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो।

    घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।