निगमको अन्तर्राष्ट्रिय उडानको ‘कमान्ड’ पहिलोपटक महिलाले सम्हाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निगमको अन्तर्राष्ट्रिय उडानको ‘कमान्ड’ पहिलोपटक महिलाले सम्हाले

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, आईतवार

    काठमाडौं । पहिलोपटक महिला चालकले नेपाल वायुसेवा निगमका जहाजको अन्तर्राष्ट्रिय उडान गरेका छन् । काठमाडौंबाट दुबईका लागि गएको न्यारोबडी ३२० जहाजको ‘कमान्ड’ महिला चालकले सम्हालेका हुन् ।

    शनिबार राति ११ बजे काठमाडौंबाट गएको जहाज पाइलट भावना गिरी र को–पाइलट सिर्जना रावतले उडाएका थिए ।

    निगमको अन्तर्राष्ट्रिय उडानमा महिलाले पहिलोपटक कमान्ड सम्हालेको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।