हाेली सभ्य रुपमा मनाउन प्रशासनकाे आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हाेली सभ्य रुपमा मनाउन प्रशासनकाे आग्रह

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, आईतवार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले हाेली पर्वलाई सभ्य रुपले मनाउन आग्रह गरेकाे छ । कार्यालयले आइतबार सूचना जारी गरी रङहरुकाे पर्वलाई सभ्य र मर्यादित रुपले मनाउन आग्रह गरेकाे हाे ।

    हाेली मनाउने क्रममा कसैकाे इच्छा विपरित रङ दल्ने, लाेला हान्ने, बाटाे ढुकेर बटुवालाई रङ्ग लगाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता कार्य नगर्न सर्वसाधारणलाई अनुराेध गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

    उनले कानून विपरितका कार्य गरेकाे पाइए कारवाही गरिने बताए ।

    No photo description available.