स्ववियु चुनाव : अखिल क्रान्तिकारीबाट भानुभक्तमा निर्दाेष, आँबुखैरेनीमा निशान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्ववियु चुनाव : अखिल क्रान्तिकारीबाट भानुभक्तमा निर्दाेष, आँबुखैरेनीमा निशान

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, आईतवार

    दमाैली । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनका लागि अखिल क्रान्तिकारीले तनहुँका दुई क्याम्पसमा सभापति उम्मेदवार सिफारिस गरेकाे छ । दुवै क्याम्पसकाे स्ववियु सभापतिका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएकाे अखिल क्रान्तिकारी तनहुँका अध्यक्ष मिलन महतले जानकारी दिए ।

    व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसकाे स्ववियु सभापतिमा निर्दाेष भट्टराई सिफारिस भएका छन् ।

    त्यस्तै आबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा निशान मगर सिफारिस भएका छन् ।

    दुवै उम्मेदवारलाई विजयी गराउन अखिल क्रान्तिकारी लाग्ने महतले बताए ।