शिक्षक सङ्घ तनहुँ अधिवेशन : अध्यक्षमा छ जनाको उम्मेदवारी दर्ता (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षक सङ्घ तनहुँ अधिवेशन : अध्यक्षमा छ जनाको उम्मेदवारी दर्ता (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७९, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था शिक्षक सङ्घ तनहुँको अध्यक्षमा छ जनाको उम्मेदवारी दर्ता भएको छ । सङ्घको अधिवेशन अन्तर्गत आइतबार मनोनयन दर्ताको समयभित्र छ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

    अध्यक्षका लागि रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट, चन्द्रमणि कोइराला र रसामाया गुरुङको उम्मेदवारी दर्ता भएको छ ।

    महिला उपाध्यक्षका लागि लक्ष्मी मल्ल र शान्ता बास्तोलाको उम्मेदवारी दर्ता भएको छ । खुल्ला उपाध्यक्षका लागि रामदत्त पौडेल, अशोकचन्द्र वाग्ले र शिवलाल पन्थको उम्मेदवारी दर्ता भएको छ ।

    खुल्ला सचिवका लागि दिपक न्यौपाने र नरेन्द्र न्यौपाने, अर्थ सचिवका लागि राजु ढकाल र कृष्णप्रसाद तिवारी, सहसचिव खुल्लाका लागि विजयराज खनाल, दयाराम कट्टेल, गोविन्द खड्का खेमराज रेग्मी, अर्थ सहसचिवका लागि रिसीमाया राना मगर, महिला सहसचिवका लागि शारदा अधिकारी, समावेशी सहसचिवका लागि विष्णुप्रसाद श्रेष्ठ, नन्दबहादुर थापा, महेन्द्रकुमार श्रेष्ठ र तुलबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार उपर दावी विरोध फागुन २२ गते बिहान १० बजेदेखि ११ बजेसम्म, दावी विरोध उपर छानबिन सोही दिन ११ बजेदेखि २ बजेसम्म, दावी विरोधपश्चात् पुनः उम्मेदवारको नामावली प्रकाशन दिउँसो २ः१५ बजे, उम्मेदवारी फिर्ता ३ बजेसम्म रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ५ बजे हुने निर्वाचन समितिले जनाएको छ ।

    नयाँ नेतृत्व चयनका लागि फागुन २४ गते मतदान हुनेछ ।