आगलागी पीडितलाई सांसद श्रेष्ठकाे सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आगलागी पीडितलाई सांसद श्रेष्ठकाे सहयाेग

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, आईतवार

    बारा । बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले जितपुरस्थि सिटी मार्केटका आगलागी पीडित व्यवसायीलाई सहयाेग गरेका छन् । श्रेष्ठले आफूले पाउने तलबबापतकाे रु ५१ हजार आगलागी पीडितलाई सहयाेग गरेका हुन् ।

    केही समय अगाडी मार्केटमा आगलागी हुँदा सांसद श्रेष्ठले आफूले सहयाेग गर्ने प्रतिबद्धता बमाेजिम आइतबार उक्त रकमकाे चेक नगर उद्याेग वाणिज्य संघका अध्यक्ष माेहन शर्मालाई हस्तान्तरण गरेका छन् ।

    आइतबार बारामा आयाेजित एक कार्यक्रममा पूर्वमन्त्री समेत रहेका सांसद श्रेष्ठले उक्त रकम सहयाेग गरेका हुन् ।

    २०७४ काे निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित भएका श्रेष्ठले उक्त कार्यकालभरी आफूले प्राप्त गर्ने तलबभत्ता जिल्लाकै सङ्घस‌ंस्था एवं पीडितलाई सहयाेग गर्दै आएका थिए ।