एन्फाको कम्युनिटी कोचिङ कोर्ष सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एन्फाको कम्युनिटी कोचिङ कोर्ष सम्पन्न

    अमृत परियार

    २१ फाल्गुन २०७९, आईतवार

    भिमाद । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँले कम्युनिटी कोचिङ कोर्ष सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा तनहुँ, गोरखा, स्याङ्जा र नवलपुरका ३० जना प्रशिक्षार्थीको सहभागिता थियो ।

    चारदिनसम्म सञ्चालित प्रशिक्षणमा हेड अफ कोच एजुकेशन सञ्जित सिंह, बागमती प्रदेशका प्रशिक्षक चेत नारायण श्रेष्ठले सहजीकरण गरेका थिए ।

    भिमाद नगरपालिका–६ मा सम्पन्न तालिमको आइतबार समापन गर्दै गण्डकी प्रदेशसभा सदस्य जीतप्रकाश आलेले प्रशिक्षणको क्रममा लिएको सीप र अभ्यासहरुलाई दैनिक जीवनमा लागु गर्नुपर्नेमा जोड दिए।

    No description available.

    कार्यक्रममा एन्फा नेपालका पूर्व केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठ, एन्फाका हेड अफ कोच एजुकेशन सञ्चित सिंह, भिमाद नगरपालिका–६ का वडा अध्यक्ष श्यामसुन्दर जोशी, नेपाली काङ्ग्रेस भिमाद नगरपालिकाका सभापति अरविन श्रेष्ठ लगायतले खेलाडीहरुलाई व्यावसायिक बनेर खेलकुद क्षेत्रमा लाग्न आग्रह गरे ।

    No description available.

    सोही अवसरमा १७ वर्ष मुनिका राष्ट्रिय खेलाडीहरू लक्षु थापा, राम थापा, २० वर्षकामुनिका राष्ट्रिय पुरुष खेलाडी निरञ्जन मल्ल र महिला खेलाडी विमला विकलाई रु पाँच हजार नगद र कदरपत्र सहित सम्मान गरिएको एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखले जानकारी दिए।