राष्ट्रपति रनिङशिल्डमा पदक जित्नेलाई ऑबुखैरेनीद्वारा नगद सहित सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    राष्ट्रपति रनिङशिल्डमा पदक जित्नेलाई ऑबुखैरेनीद्वारा नगद सहित सम्मान

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, आईतवार

    दमौली । जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ऑबुखैरेनी गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समिति तनहुँले फागुन १२ र १३ गते आयोजना गरेको राष्ट्रपति रनिङशिल्डमा पदक जिताउन सफल गाउँपालिकाभित्रका विद्यार्थीलाई नगद पॉच हजार सहित सम्मान गरिएको छ ।

    गाउँपालिकाको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष शुक्र चुमानले फ्युचर बोर्डिङ स्कूलका निलम अधिकारी, रामशाह माविका सन्दीप खड्का र रामशाहकै प्रतिक्षा थापालाई नगद सहित सम्मानपत्र प्रदान गरे ।

    विद्यार्थीलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि पालिकाका तर्फबाट सम्मान गरिएको चुमानले बताए। ‘शि़क्षाका साथै हरेक विद्यार्थीमा खेलकुदको आवश्यकता छ, खेलकुदमा आकर्षित गराउन पालिकाले नगद सहित प्रोत्साहन गरेको हो,’ उनले भने ।